+
+

जितपुर सिमरा ७ मा पुनः मतगणना गर्न एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ७ गते १६:५९

७ असोज, सिमरा । नेकपा एमालेले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा पुनः मतगणनाको माग गरेको छ ।

एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले शनिबार बिज्ञप्ति जारी गर्दै पार्टीको प्रतिनिधिको उपस्थिति नभएको अवस्थामा मतगणना गरिएको भन्क्दै आपत्ति जनाएका छन् ।

शुक्रबार साँझ मतगणनाको क्रममा खटिएका कर्मचारीले वडाध्यक्षका उम्मेदवार सुनिल गुप्ताले प्राप्त गरेको ३१ मतलाई घटाएर २१ बनाएको एमालेको आरोप छ । यो विवादले केहीबेर गणनास्थलमा तनाव समेत उत्पन्न भएको थियो ।

एकलौटी ढंगबाट गणना अगाडि बढाएको भन्दै एमोलेले पुनः मतगणना गर्न माग गरेको छ ।

मध्यरातमा वडा नं. ७ को गणना गरी एमाले उम्मेदवारलाई हराएको प्रचार बिभाग प्रमुख पौडेलको आरोप छ । यो वडामा कांग्रेसका रामबाबु गुप्ता विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?