+
+

डा. गोविन्द केसीले थाले १२ औं आमरण अनसन

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ९ गते १३:४१

९ असोज, काठमाडौं । प्रा. डा. गोविन्द केसी आमरण अनसनमा बसेका छन् । उनको यो १२ औं असनसन हो ।

चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले सोमबार नै अनसन थालेका हुन् ।

उनले भनेका छन्, ‘यसो गर्दा मेडिकल शिक्षामा माफियातन्त्र सदाका लागि संस्थागत हुने मात्र नभई हाम्रो अभियानले हालसम्म गरेको उपलब्धिहरु उल्टिने कुरा प्रष्ट छ ।’

डा. केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझाव अनुसार चिकित्सा शिक्षा ऐन पास गर्नु पर्नेसहितका चारबुँदे माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?