+
+

बिरामी छट्पटाउँदै बेडमा, डाक्टर धर्नामा !

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १० गते ६:०२

१० असोज, काठमाडौं । बिरामी छोरालाई बोकेर आएका बर्दिया, मैनापोखरी निवासी राजाराम थारु नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षीय छोरालाई नेपालगञ्ज ल्याएका थिए । जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ सुनसान देखियो।

अरू बेला बिरामीको भिडभाड देखिने अस्पताल सुनसान देखेपछि उनले बाहिर आएर सोधपुछ गर्दा डाक्टरहरु आन्दोलित भएको थाहा पाए।

‘छोरालाई सन्चो नभएर ल्याएको त डाक्टर आन्दोलनमा पो रहेछन्’, उनले भने। विरामी छोरा बोकेर राजाराम घर फर्किंदै गर्दा आन्दोलनरत डाक्टरको एउटा समूह जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेको थियो।

नेपालगञ्जका विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरू बिरामी जाँच्न छाडेर सोमबार बिहान साढे १० बजेबाट मध्याह्न १२ बजेसम्म जिल्ला प्रशासन अगाडि धर्ना दिन गएका थिए । नेपाल चिकित्सक संघको नेतृत्वमा विभिन्न अस्पतालमा कार्यरत ठूलो संख्यामा डाक्टरहरु धर्नामा बसेका हुन् ।

डाक्टरहरु धर्नामा बसिरहँदा अस्पतालका शैयामा बिरामीको चित्कार सुन्ने कोही थिएन । ओपीडीमा जाँच गराउन आएका बिरामी कोही घर फर्किंदै थिए भने कोही अस्पताल परिसरमा टोलाइरहेका देखिन्थे । आजको नागरिक दैनिकले खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?