+
+

सुनसरीमा राजपाको कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २० गते १७:१२

२० असोज, इनरुवा  । सुनसरीको सदरमुकाम इनरुवामा रहेको राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा उसैका कार्यकर्ताले शुक्रबार तालाबन्दी गरेका छन् ।

पार्टीमा एकपक्षको हैकम चलेको र कायममुकायम अध्यक्ष रघुनाथ मेहता हुँदाहँदै अर्कालाई कार्यबाहकको जिम्मा दिएपछि असन्तुष्ट बनेका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेको स्थानीयवासी प्रमोद मेहताले जानकारी दिए ।

राजपाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष महेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले तालाबन्दी गरेको हो । जिल्लाको सहमतिबिना केन्द्रले गर्ने निर्णय नमान्ने र विधान विपरीत गरेको काम नसच्याएसम्म तालाबन्दी जारी राख्ने नेता विनोद पालले जानकारी दिए ।

वडा कार्यालयको ताला खुल्यो 

सुनसरीको गढी गाउँपालिकाको ४ नं वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।

वडा कार्यालयमा लगाइएको ताला गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवको आश्वासनपछि खुलेको बताइएको छ । राहतको विषयलाई लिएर केही स्थानीयवासीले लगाएको ताला बिहीबार साँझ खुलाइएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष रामचन्द्र मेहताले वडा कार्यालयमा लागेको ताला खुलेको र आफूले सबैलाई समानरुपमा सेवा दिँदैआएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?