२३ असोज, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनमाथि गोली प्रहार भएको छ ।
नयाँबानेश्वरको खरिबोटमा गाैचनमाथि गोली प्रहार भएको हो ।
गोली लागेर घाइते भएका अध्यक्ष गाैचनलार्इ उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । गाैचनमाथि ब्यस्त सडकमै गोली प्रहार भएको हो । ब्यस्त सडकमै गोली प्रहार भएपछि स्थानीय अातंकित भएका छन् ।
घटना लगत्तै प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान सुरू गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4