+

मेस्सीले विश्वकप गुमाउलान् ? यस्तो छ हिसाव

२०७४ असोज  २४ गते १५:५८ २०७४ असोज २४ गते १५:५८
मेस्सीले विश्वकप गुमाउलान् ? यस्तो छ हिसाव

अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पाओली पूर्ण विश्वस्त छन् कि उनको टोलीले इक्वेडरसँगको खेल जितेर सन् १९७० को विश्वकप छनोटमा जस्तै नियतीबाट अर्जेन्टिनालाई पार लगाउनेछन् । अर्जेन्टिना त्यतिबेला विश्वकपमा छनोट हुन असफल भएको थियो ।

१० टिम सहभागी विश्वकप दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना छैटौं स्थानमा छ । अर्को समरमा रुसमा हुने विश्वकपमा स्थान बनाउन अर्जेन्टिनाका लागि बुधबार बिहान सवा पाँच बजेदेखि हुने इक्वेडरबिरुद्धको खेलमा जसरी पनि जित हासिल गर्नुपर्नेछ ।

‘यस खेलको नतिजा हामीमै निर्भर हुन्छ ।’ प्रशिक्षक साम्पाओलीले भने ।

‘मलाई पूरा विश्वास छ कि यदि हामी दृढ विश्वासका साथ खेल्यौं भने वा पेरुबिरुद्धको जस्तै खेल खेल्यौं भने हामी विश्वकपमा हुनेछौं ।’

गत शुक्रबार अर्जेन्टिनाले पेरुसँग गोलरहित बराबरी खेल्नै शीर्ष चार स्थानबाट एक अंकले पछि पर्‍यो । इक्वेडरले छनोट चरणका आफ्ना पछिल्ला पाँच खेल गुमाएको छ र विश्वकपको दौडबाट बाहिइसिकेको छ । तर, इक्वेडरले सन् २००१ यता आफ्नो मैदानमा अर्जेन्टिनासँग पराजय ब्यहोर्नुपरेको छैन ।

यदि पेरुले चौथो स्थानमा रहेको कोलम्बियासँग पराजय ब्यहोरेको अवस्थामा साम्पाओलीको टोली अर्जेन्टिनाले इक्वेडरसँग बराबरी खेले पनि पाचौं स्थानमा रहेर न्युजिल्याण्डबिरुद्ध प्लेअफमा स्थान बनाउन पाउँछ ।

अर्जेन्टिनाभन्दा अघि रहेको चिलीले विश्वकपमा छनौट भएसकेको ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । चिलीले ब्राजिलसँग तथा पेरुले कोलम्वियासँग पराजय ब्यहोरेको अवस्थामा इक्वेडरलाई पराजित गर्न सक्यो भने अर्जेन्टिना चौथो स्थानमा रहेर सोझै विश्वकपमा स्थान बनाउनेछ । अन्यथा अर्जेन्टिनाको विश्वकप यात्रा सन् १९७० मा जस्तै छनोट चरणबाटै टुंगिनेछ ।

दक्षिण अमेरिकाबाट ब्राजिल विश्वकपमा छनोट भइसकेको छ भने दोस्रो स्थानमा रहेको उरुग्वेको २८, तेस्रो र चौथो स्थानमा रहेका चिली र कोलिम्बयाको २६/२६ तथा पाचौं र छैटौं स्थानमा रहेका पेरु र अर्जेन्टिनाको २५/२५ अंक छ । २४ अंक रहेको पाराग्वे पनि विश्वकप दौडबाट बाहिरिइसकेको छैन । उनले अन्तिम खेल भेनेजुएलासँग खेल्दैछ ।

दक्षिण अमेरिकी समूहबाट इक्वेडर, भेनेजुएला र बोलिभिया विश्वकपबाट बाहिरिइसकेका छन् ।

‘टिम निक्कै दुःखमा छ र सोचिरहेको छ कि यदि उनीहरुले इक्वेडरमा जित हासिल गरे भने उनीहरु विश्वकपमा हुनेछन् ।’ साम्पाओलीले भने, ‘एउटा दृढ विश्वास छ जसले मलाई हौसला दिइरहेको छ ।’

हामी उही लयलाई कुरिरहेका छौं जुन पछिल्ला दुई खेलमा भेनेजुएला र पेरुबिरुद्ध मेरा खेलाडीले देखाए । अर्जेन्टिना आफ्ना चोटग्रस्त मिडफिल्डर फर्नाण्डो गागोबिना इक्वेडर भ्रमण गर्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०