+
+

शरद गौचनलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २५ गते ११:३३

२५ असोज, काठमाडौं । वानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएका निर्माण व्यवसायी शरदकुमार गौचनलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।

गौचनका परिवार र निर्माण व्यवसायीहरुले सरकारसँग शहीद घोषणा गर्न माग गर्दै बुधबार विजुलित बजारदेखि नयाँवानेश्वर चोकसम्म प्रदर्शन गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका गौचनको हत्यारा पत्ता लगाउन छानविन समिति गठन गर्न समेत उनीहरुले माग गरिएको छ ।

प्रदर्शनका क्रममा उनीहरूले २ मिनेट सडक अवरूद्ध पारेका थिए ।

गौचनको सोमबार दिउँसै गोली हानी हत्या भएको थियो ।  बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर शान्तिनगरस्थित आफनो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गौचनमाथि बानेश्वरको प्रयाग मार्ग नजिकै गोली हानिएको थियो ।

गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको र गाडी रोकिएपछि दुई गोली प्रहार भएको थियो । गाडीको शिशा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

प्रदर्शनका केही तस्वीरहरू    तस्वीर: कमल पर्सार्इँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?