+
+

पुसमा बागलुङ महोत्सव हुने

रासस रासस
२०७४ असोज २९ गते ८:३१

२९ असोज, बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस दोस्रो साता पाँचौं बागलुङ महोत्सव हुने भएको छ ।

व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर पुस १४ देखि २३ गतेसम्म महोत्सव आयोजना गरिएको संघका अध्यक्ष जयराम भारीले बताए ।

महोत्सव सम्पन्न गर्न अध्यक्ष भारीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ ।

मेलामा राष्ट्रियस्तरको लोक दोहोरी, भलिबललगायतका प्रतियोगिता आयोजना गरिने भएको छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्षका साथमा सयौँ व्यापारिक कक्ष राखिनेछ ।

बागलुङको पहिचान झल्कने कला, संस्कृति र फोटो प्रदर्शनी र प्रतियोगिता पनि राखिने मूल संयोजक भारीले जानकारी दिए ।
यसअघि संघले चैत्राष्टमी पर्वको अवसर पारेर महोत्सव गर्ने गरे पनि पहिलोपटक पुस महिनामा गर्न लागेको हो ।

महोत्सव गर्नका लागि स्थान अभाव भएपछि संघले बिदाको समय पारेर धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा महोत्सव गर्न लागेको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?