७ कात्तिक, नवलपरासी । पेट्रोल छर्केर साथीको हत्या गर्ने प्रयास गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको छ ।
भाइटिकाको दिन मध्यराति नवलपरासीको मध्यविन्दु नगरपालिका-९ मगरटोल बस्ने ३५ वर्षीय हिराबहादुर थालालाई गाउँकै हरि सोती र समिर कुमाललले पेट्रोल छर्केर आगो लगाइदिएका थिए ।
उनीहरु दुवैलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक नविनराज राईले ज्यान मार्ने उद्योगअन्तर्गत दुईविरुद्ध मुद्दा चलाइएको जानकारी दिए ।
साथीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते हुन पुगेका हिराबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4