+
+

एमाले-माओवादीको झण्डा बोकेर हिँड्न क्रान्तिकारीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते १८:४४

१३ कात्तिक, विराटनगर । अखिल क्रान्तिकारीले एउटा हातमा एमालेको र अर्को हातमा माओवादी केन्द्रको झण्डा बोकेर चुनाव प्रचारमा हिँड्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा वाम गठवन्धनलाई जिताउन दुबै दलको झण्डा बोकेर चुनाव प्रचार गर्न क्रान्तिकारीले भनेको हो ।

आज मोरङको विराटचोकमा आयोजित क्रान्तिकारीको प्रदेश नम्बर १ को विस्तारित बैठक तथा प्रशिक्षणमा बोल्दै अध्यक्ष रञ्जित तामाङले भने, ‘अब क्रान्तिकारीका देशैभरका साथीहरू एक हातमा सूर्य र अर्को हातमा हँसिया हथौडÞा अंकित झण्डा लिएर चुनाव प्रचारमा जानुस् ।’

वाम एकता इतिहासको अपरिहार्य आवश्यकता भएकाले वाम गठवन्धनका उम्मेदवारलाई चुनावमा जिताउन दिलो ज्यानले लाग्न आफ्ना कार्यकर्ताहरुलाई उनले निर्देशन दिए ।

प्रशिक्षण कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष तामाङ सहित उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम, इन्द्र भुसाल, महासचिव उत्तम अधिकारी, उपमहासचिव जीपी मैनाली लगायतले प्रशिक्षण दिएका थिए ।

बिस्तारित बैठकले मोरङमा अखिल क्रान्तिकारीका सचिव एवं प्रदेश नम्बर १ का संयोजक मदन भट्टराईको संयोजकत्वमा ९ सय ३१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?