१३ कात्तिक, धनगढी । रोटरी क्लव अफ धनगढीले धादिङको त्रिशुली, गुल्मी र उदयपुरमा भएका तीन छुट्टाछुट्टै सडक दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन गरेको छ ।
धनगढीको पार्कचोकमा आयोजित दीप प्रज्वलनमा रोटरी धनगढीका अध्यक्ष दीर्घराज उपाध्याय लगायत क्लव पदाधिकारी र सर्वसाधारणको उपस्थिति थियो ।
रोटरी धनगढीले दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
गत शनिबार राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी नजिकै दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको थियो भने सोमबार गुल्मीमा भएको माइक्रो दुर्घटनामा ९ र उदयपुरमा भएको जीप दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4