+
+

शिखर इन्स्योरेन्सको २९ प्रतिशत बोनस प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १४ गते १२:०२


१४ कात्तिक, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमवार साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले कर प्रयोजनको लागि समेत नगद लाभांश दिने भएको छ । कम्पनीको प्रस्ताव बिमा समितिबाट स्वीकृत हुन र कम्पनीको साधारण सभाबाट पारित हुनुपर्ने छ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी करिब १ अर्ब ५ करोड पुग्नेछ । कम्पनीको चुक्ता पूँजी हाल ८१ करोड रहेको छ । बोनस पछि कम्पनीको पूँजी बिमा समितिले तोके बमोजिम पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?