+
+

गुण्डा नाइके गणेश लामा बने कांग्रेसको प्रदेशसभा उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १५ गते १६:१३

 

१५ कात्तिक, काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका गणेश लामालाई कांग्रेसले प्रदेशसभा उम्मेदवार बनाएका छन् ।

कांग्रेस संसदीय बोर्डको बैठकले लामालाई काभ्रे क्षेत्र नम्बर १ को खको टिकट दिएको हो । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँगै लामा पनि कांग्रेसमा आएका हुन् ।

लामाविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ । लामाको काभ्रेली समूह काठमाडौं सहितका क्षेत्रमा असुली तथा अपहरण लगायतका घटनाहरुमा संलग्न हुने गरेको छ ।

जिल्लाबाटै सिफारिस भएर आएकाले लामाको नाममा सर्वसम्मति भएको कांग्रेस नेता रमेश रिजालले बताए ।

यसअघि एमालेले अर्का गुण्डा नाइके दिपक मनाङ्गेलाई समर्थन गरेको छ । एमालेले टिकट नदिएपछि मनाङ्गेले मनाङ खमा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिएका थिए । एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर उनलाई समर्थन गरेको छ ।

कांग्रेसले वामपन्थी गठबन्धनसँग भिड्न काभ्रे १ मा प्रतिनिधिसभा सदस्यका लागि तीर्थ लामालाई अघि सारेको छ काभ्रे २ मा जिल्ला सभापति मधु आचार्य उम्मेदवार बनेका छन् ।

प्रदेशसभामा क्षेत्र नम्बर १ को ‘क’मा सीबी लामा र ‘ख’मा गणेश लामा तथा क्षेत्र नम्बर २ को ‘क’ मा सुन्दरमणी आचार्य र ‘ख’ मा कन्चनवादे श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

वामपन्थी गठबन्धनको भने उम्मेदवार तय भइसकेका छै्रन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?