+
+

रुपन्देही कांग्रेसका बागी उम्मेदवारसहित १८ जनालाई कारवाही

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ कात्तिक २१ गते १८:५१

२१ कात्तिक, बुटवल । नेपाली कांग्रेस रुपन्देहीले १८ जनालाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्ना आधिकारीक उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएका र उनीहरुका समर्थक र प्रस्तावक गरी १८ जनालाई पार्टीबाट निस्कासित गरेको हो ।

कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकका अनुसार कारवाहीमा पर्नेहरुमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद पौडेल, उनका प्रस्तावक खुमलाल गौतम र समर्थक निम बहादुर थापा छन् ।

त्यस्तैगरी निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा प्रदेश सदस्यमा बागी उम्मेदवारी दिएका रुपन्देही जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, उनका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जीसी, क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा बागी उम्मेदवारी दिएका डोलराज भुसाल, उनका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिर कारबाहीमा परेका छन् ।

क्षेत्र नम्बर ३ बाट नै प्रतिनिधि सभामा उम्मेदवारी दिएका अमृतप्रसाद शर्मा भट्टराई, उनका प्रस्तावक शालीकराम पाण्डे र समर्थक दिनप्रसाद पाण्डे, क्षेत्र नम्बर ४ को प्रदेश सभा २ मा बागी उम्मेदवारी दर्ता गराएका महासमिति सदस्य बिरेन्द्र कलवार, उनका प्रस्तावक सीताराम पाल र समर्थक मनोज कुमार कलवार तथा निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा २ मा बागी उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि अमरीका प्रसाद कोहारसहित प्रस्तावक कलामुद्दिन मुसलमान र समर्थक दिनेशचन्द्र वर्मालाई पनि कारवाही गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?