+
+

बसको ठक्करले मृत्यु भएपछि पोखरामा तनाव

अमृत सुवेदी अमृत सुवेदी
२०७४ कात्तिक २४ गते १०:२४

२४ कात्तिक, पोखरा । बसको ठक्करबाट १ जनाको ज्यान गएपछि शुक्रबार बिहानैदेखि पोखरा अशान्त बनेको छ । मृतकका आफन्त दोषीमाथि कारबाही र क्षतिपूतिको माग गर्दै सडकमा निस्किएपछि पोखरा अशान्त बनेको हो ।

बिहीबार बगरबाट लाममाचौर जाँदै गरेको ग १ ख ६४५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पोखरा–१९ का ४७ वर्षीय राम भण्डारीको ज्यान गएको थियो । पोखरा नगर बस सञ्चालक समितिको बसले ठक्कर दिएर भण्डारीको ज्यान गएपछि मृतका आफन्तले लामाचौर क्षेत्रमा पोखरा नगर बस चल्न दिएका छैनन् ।

मृतकका आफन्तले उक्त बसलाई तत्काल कारवाही गर्न र मृतकका आफन्तलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

बगरबाट लामाचौरतिर एउटै दिशामा गइरहेको र आफ्नै साइडबाट गइरहेको इलेक्ट्रिक स्कुटरलाई पछाडिबाट ठक्कर दिएकाले चालकको गम्भीर लापरवाही भएको आफन्तले बताएका छन् ।

‘मृतकका आफन्तले क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै लामाचौर चोकमा प्रदर्शन गरिरहनुभएको छ,’ कास्की प्रहरी प्रवक्ता तथा डिएसपी खड्क खत्रीले भने, ‘हामीले दुवै पक्षलाई राखेर सहमति खोज्ने प्रयास गर्दैछौं ।’

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको खत्रीले जानकारी दिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?