+
+

‘राज्जा रानी’को गीतमा छल्कियो केकी र नाजिरको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २६ गते १०:१२


चलचित्र ‘कोहिनुर’का लेखक यम थापाले निर्देशन गरेको चलचित्र ‘राज्जा रानी’को पहिलो गीत रिलिज गरिएको छ । साथै, चलचित्रको प्रदर्शन मिति पनि एक साता अगाडि सारिएको छ । अब, यो चलचित्र पौष २१ गतेबाट रिलिज हुँदैछ ।

निर्माता एम के पौडेलले वितरकहरुसँग सल्लाहा गरेर चलचित्रको प्रदर्शन मिति एक साता अगाडि सारेको बताए । अब, पौष २८ बाट ‘राज्जा रानी’ एक साता अगाडि आएपछि ‘बटरफ्लाई र मिस्टर झोले’को भिडन्त हुने भएको छ ।

नयाँ प्रदर्शन मिति तयसँगै चलचित्रमा समावेश शिर्ष गीत रिलिज गरिएको छ । ‘चिप्पक चिप्पक’ बोलको गीतमा दीपक शर्माको संगीत, नरहरि प्रेमी र सुमिना लोकेको स्वर, राजेन्द्र थापाको शब्द छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र नाजिर हुसेनलाई फिचरिङ गरिएको छ ।

विक्रम स्वारले यो गीतको कोरियोग्राफी गरेका छन् । चलचित्रले नेपालगञ्जको सेटिङलाई पर्दामा उतारेको छ । चलचित्रको बजेट १ करोड भन्दा बढी लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?