+
+

ताप्लेजुङमा ८ जना विप्लव कार्यकता पक्राऊ

रविन भट्टराई रविन भट्टराई
२०७४ कात्तिक २७ गते १५:३७

२७ कात्तिक, ताप्लेजुङ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नेपाल कम्युनिष्ट पार्टी -विप्लब) समूहका आठ जना कार्यकतालाई पक्राउ गरेको छ ।

ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतको अनुसार पक्राउ पर्नेमा मेची अञ्चल ब्युरो सदस्य सकल लिम्बु, जिल्ला सचिबालय सदस्य राजु दास, जिल्ला सदस्य तथा विद्यार्थी अध्यक्ष गणेश कार्की ढोली रहेका छन् ।

यसैगरी जिल्ला सदस्य ध्रुव मादेन, जिल्ला जनपरिषद उपप्रमुख राकेश दाहाल, जन स्वयमसेवकका जिल्ला कोषाध्यक्ष पूर्ण थलङ र जिल्ला सदस्य प्रमलाल चौहान पक्राउ परेका छन् ।

यता नेकपाका जिल्ला ईन्चार्ज आशिषले अनलाइनखबरसँग कुरा गर्दै थप दुई कार्यकर्ताहरु पेम्वा शेर्पा र सुरेन्द्र कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको बताए ।

इन्चार्ज आशिषले प्रहरीले नियन्त्रणमा लिएका आप\mना कार्यकर्ता विनासर्त रिहा नगरे निर्वाचनमा भाग लिने उमेदवारहरुलाई पनि नियन्त्रणमा लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?