+
+

रामेछापमा आचारसंहिता विपरित राखिएका प्रचार सामाग्री हटाइयो

नवराज पथिक नवराज पथिक
२०७४ कात्तिक २९ गते १६:३०

२९ कात्तिक, रामेछाप । निर्वाचन आयोगले रामेछाप जिल्लामा राजनीतिक दलहरुले आचारसंहिता विपरित राखिएका निर्वाचनका प्रचार सामाग्री हटाउन सुरु गरेको छ ।

जिल्ला सदरमुकाम मन्थलीबाट बुधबारदेखि यस्ता सामाग्रीहरु हटाउन सुरु गरिएको हो । मन्थली बजार नै ढाकेर टाँगिएका राजनीतिक दलका झण्डा तथा पोष्टरहरु बुधबार प्रहरी लगाएर हटाइएको हो ।

मुख्य निर्वाचन आधिकृतको कार्यालयले यस्ता सामग्रीहरु हटाउन राजनीतिक दलहरुलाई वारम्बार अनुरोध गर्दा पनि अटेर गरेपछि प्रहरी परिचालन गरी त्यस्ता सामाग्री हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मन्थली बजारमा राजनीतिक दलहरुले बजार क्षेत्रको सार्वजनिक स्थलमा पार्टी र चुनाव चिन्ह अंकित झण्डाहरु टाँगेका थिए । यसैगरी बजार क्षेत्रमा ठूला ठूला फ्लेक्स पि्रन्ट समेत टाँगिएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका सहायक निर्वाचन अधिकृत मधु पोख्रेल, अनुगमन अधिकृत रोशन कुमार घिमिरेसहितको प्रहरी टोली त्यस्ता सामाग्री हटाउन मन्थली बजारमा निस्किएको थियो ।

आचार संहिता बिपरित टाँगिएका प्रचारका सामाग्रीहरु जिल्लाभरबाटै हटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुगमन अधिकृत रोशनकुमार घिमिरेले बताए ।

मन्थली बजार लगायत प्रमुख बजार केन्द्र तथा अन्य सार्वजनिक स्थलमा समेत राजनीतिक दलहरुले यस्ता निर्वाचन प्रचारका सामागि्रहरु टाँसेका छन् । यस विषयमा स्थानीय तथा राष्ट्रिय संचारमाध्यमले एकहप्तादेखि लगातार आवाज उठाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?