२९ कात्तिक, धनगढी । कैलालीको धनगढीबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बोरिङ नजिकबाट धनगढी ८ बस्ने २२ वर्षीय राकेश चौधरीलाई बुधबार राती साढे ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट एक थान पेस्तोल बरामद भएको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाको टोलीले चौधरीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको थापाले बताए ।
चुनावमा उम्मेदवारलाई लक्षित गर्दै आक्रमण भइरहेको बेला सुरक्षा सतर्कता बढाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले धनगढीमै रहेकाले प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4