+
+

तनहुँ-२ः पूर्वमन्त्री भण्डारी र एमाले उम्मेदवार सिग्देलबीच प्रतिस्पर्धा

जित आफ्नो पोल्टामा पर्ने दुवैको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ३ गते १९:३६

३ मंसिर, दमौली । तनहुँ-२ मा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारी र एमाले जिल्ला अध्यक्ष केदार सिग्देलबीच प्रतिस्पर्धा हुँदैछ ।

साविक क्षेत्र नम्बर ३ को भूभाग समेटेर उक्त क्षेत्र बनाइएको छ । यसअघि एमालेका टुकराज सिग्देल र किरण गुरुङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

यस पटक गुरुङ प्रदेशतर्फको (ख)बाट उम्मेदवार छन् । कांग्रेस नेता भण्डारी ०७० सालको निर्वाचनमा तनहुँ-१ बाट विजयी भएका थिए ।

भण्डारीको स्थायी बसोवास क्षेत्र नम्बर १ को भानु नगरपालिका ९ मा छ । र, उनी त्यहींका मतदाता पनि हुन् ।

जिल्लाको राजनीतिमा भण्डारी र सिग्देल दुवैको भूमिका उल्लेख्य मानिन्छ । तनहुँ-२ मा एक लाख पाँच हजार सात सय ५५ मतदाता छन् ।

कांग्रेस उम्मेदवार भण्डारी उक्त क्षेत्रका लागि नयाँ अनुहार भएकाले आफूले नै बाजी मार्ने सिग्देलको दाबी छ । वाम गठबन्धनको सांगठनिक आधारका कारण पनि जित आफ्नै पोल्टामा पर्ने उनको भनाइ छ ।

कांग्रेस उम्मेदवार भण्डारी पनि आफू निर्विकल्प विजेता रहेको दाबी गर्छन् । चुनावी अभियानमा मतदाताको उत्साह आफ्ना पक्षमा देखिएकाले जित सुनिश्चित भएको उनको दाबी छ ।

स्थानीय तह निर्वाचनको परिणाम विश्लेषण गर्दा लोकतान्त्रिकभन्दा वाम गठवन्धन ६ हजार आठ सय ११ मतले अगाडि देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?