+
+

अन्तर्राष्ट्रिय बाल दिवसमा १० जना बालश्रमिकको उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ४ गते १९:२८
बालश्रमको विरोधमा निधारमा कालो पट्टी बाँधेर बसेका युवा ।

४ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पार्दै बाल अधिकारका लागि राष्ट्रिय अभियानले सार्वजनिक सवारी साधनमा कार्यरत् १० जना बालश्रमिकको उद्दार गरेको छ ।

सोमबार ललितपुरको हरिहर भवन चोकबाट सार्वजनिक सवारीमा कार्यरत् उनीहरुलाई उद्दार गरिएको हो ।

बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाइन १०४ र प्रहरीसँगको सहकार्यमा बालश्रमिकलाई उद्दार गरिएको अभियानका बालश्रम उपसमिति संयोजक धिरज जोशीले अनलाइनखबरलाई बताए ।

बालश्रमको विरोधमा भेला भएका बाल अभियन्ताहरुले बालश्रमबिरुद्ध निधारमा कालो पट्टी बाँधेर विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?