+
+

यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, कसरी जोगिने ?

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर ८ गते ८:१०

काठमाडौं । ग्यास्ट्रिक, जसलाई हामी राष्ट्रिय रोग पनि भन्ने गछौं। अर्थात्, अधिकांश नेपालीको साझा रोग हो यो । ग्यास्ट्रिकलाई हामी उस्तो ख्याल गर्दैनौं । हाम्रो खानपान शैली र खानाको प्रकृति ग्यास्ट्रिकका कारण हुन्छन् ।

जब ग्यास्ट्रिकको निदान खोजिँदैन, त्यसले अर्को रोग निम्त्याउँछ । त्यो रोग हो, अल्सर । पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाललाई पेटको अल्सर पनि भन्ने गरिन्छ । चिकित्सकीय भाषामा यसलाई पेप्टिक अल्सर वा ग्यास्ट्रिक अल्सर भन्ने गरिन्छ ।

साधारणतया आहार, तनाव र पेटमा अम्लियपना धेरै भएमा पेटको अल्सर हुने गर्छ ।

अल्सर प्रायः हेलिकोब्याक्टर पाइलोरी नामक संक्रमणका कारण हुने गर्छ । पेटमा अल्सर भएमा पेट वा आन्द्राको सुरक्षात्मक परक टुट्न थाल्छ । अल्सर बढी भएमा आन्द्रा च्यातिने सम्भावना पनि बढी रहन्छ ।

लामो समय एन्टिबायोटिक प्रयोग, पेनकिलर र स्टेराइडको औषधिको सेवनबाहेक मद्यपानका कारण पनि पेप्टिक अल्सर हुने गर्छ । अल्सर भएमा कसैलाई यसको लक्षण छिट्टै देखा पर्छ भने कसैलाई अल्सर भइसक्दा पनि थाहा हुँदैन ।

कसरी थाहा पाउने ?

अल्सर भएमा शरीरमा विभिन्न लक्षण देखा पर्छन् । अल्सर गम्भीर भइसक्दा पनि समयमै यसको उपचार नभए आन्तरिक रक्तश्रावलगायत समस्या देखिन थाल्छ ।
त्यस्तो संकेत देखिए अल्सर भएको हुनसक्छ ।

पेटमा जलन

खाना खाने १/२ घण्टापछि या राति पेटको माथिल्लो भाग वा बीचमा जलन महशुस हुन्छ भने त्यो अल्सरको संकेत हुन सक्छ ।

वान्ता हुने

बारम्बार वान्ता हुनु वा वाकवाकी लाग्नु पेटको अल्सरको संकेत हुनसक्छ ।

पेट फुल्नु

अक्सर पेट फुल्ने समस्या अल्सरको निशानी हुने गर्छ ।

छातीमा जलन

पेटमा जम्मा हुने एसिड अन्ननलीमा आएर बसिदिन्छ, जसका कारण छातीमा तीव्र जलन महशुस हुन्छ । यो पनि अल्सरको संकेत हुनसक्छ ।

पेट घोच्नु

खाना खाएको १/२ घण्टापछि या राति पेट घोचेको महशुस भएमा पनि अल्सरको संकेत हुनसक्छ ।

दिसाको रङ

लामो समय गाढा वा कालो रङको दिसा भइरहेमा त्यसलाई नजरअन्दाज नगरौं । यो अल्सरका कारण हुने रक्तश्रावको परिणाम हुनसक्छ ।

रगत वान्ता

वान्तामा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ ।

तौल घट्नु

अचानक तौल घटेमा वा खाना खाँदाखाँदै पनि तौल घट्दै गएका अल्सरको संकेत हुनसक्छ ।

पेट दुख्नु

अक्सर पेट दुखिरहनु वा केही खाएलगत्तै बेस्सरी दुख्नु अल्सरको संकेत हुनसक्छ ।

छिटो भोक लाग्नु

बिनाकारण बारम्बार भोक लाग्नु पनि अल्सरको संकेत हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?