११ मंसिर, भोजपुर आइतबार मतदान सम्पन्न भएपछि मतपेटिका सदरमुकाम ल्याउँदै गर्दा भोजपुरमा मतपेटिका लक्षित गरी बम विष्फोट गराइएको छ ।
उत्तरी भोजपुरको साल्पासिलिछो गाउँपालिका अन्तर्गतका वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
विस्फोटबाट केहि क्षती नभएको र थप उच्च सुरक्षा शतर्कताका साथ थप अनुसन्धान गर्दै सुरक्षित साथ मतपेटिका ल्याउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताए ।
हालसम्म १ सय बढी मतदान केन्द्रका मेटपेटिका सदरमुकाम ल्याइसकिएको छ । साल्पासिलिछो र आमचोक गाउँपालिकाको मतपेटिका बेलुकीसम्म ल्याइसकिने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4