+
+

बारामा आमाले गरिन् छोरीको हत्या

कृष्ण सिग्देल कृष्ण सिग्देल
२०७४ मंसिर ११ गते १६:३८

११ मंसिर, बारा । बाराको सुवर्णपुर गाउँपालीका ५ प्रशुरामपुरमा आफ्नै छोरीको हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ४ गते साँझ ६ बजेदेखि बेपत्ता भएकी २ वर्षीय बालिका बबिया खातुनको शव घरबाट २०० मिटर पर पोखरीमा तैरिएको अवस्थामा मंसिर ७ गते भेटिएको थियो ।

नावालिका खातुनलाई उनकै आमाले हत्या गरी पोखरीमा फालेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

प्रहरीले छोरीको शव भेटेपछि आमा नेजमा खातुन घरबाट भागेर गाउँमै लुकिछिपी बस्दै आएकी थिइन् । प्रहरीले मंसिर ८ गते उनलाई गाउँबाटै पक्राउ गरेको हो ।

नेजमाका श्रीमान इब्राहिम मिया केही समयदेखि वैदेशिक रोजगारीमा छन् । प्रहरीका अनुसार नेजमा र उनका श्रीमानको घरयासी विवादमा टेलिफोनमा झगडा भएको थियो ।

श्रीमानलाई आफू र बच्चा दुबै मर्ने मार्ने धम्की दिएकी नेजमाले पहिले छोरी मारेर आफू पनि मर्ने मनसाय बनाएको बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?