१२ मंसिर, भद्रपुर । नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाको झापास्थित घरमा बम विष्फोट भएको छ ।
सदरमुकाम चन्द्रगढीस्थित घरको पछाडिपट्टि कम्पाउन्डमा सुतली बम विष्फोट भएको हो । बम विष्फोटबाट पर्खालको ईंटा भत्किएको छ ।
झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीले बम विष्फोटबाट घरको कम्पाउण्ड वाल भत्किएको र ठूलो क्षति नभएको अनलाइनखबरलाई जानकारी दिए ।
गएराति करिब १२ः४५ को समयमा बम विष्फोट भएको थियो । सो समयमा नेता सिटौला परिवारका सदस्यहरुसहित घरभित्रै थिए ।
बम विष्फोटमा संलग्न भएको आशंकामा शंकास्पद एकजनालाई पक्राउसमेत गरेको झापा प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4