+
+

भूकम्पको ३२ महिनापछि लमजुङमा पुनर्निर्माण कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १२ गते ११:४२


१२ मंसिर, लमजुङ । भूकम्प गएको ३२ महिनापछि लमजुङमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयको स्थापना भएको छ ।

सोमबार भूकम्प प्रभावित जिल्ला लमजुङको सदरमुकाम बेशीसहरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले कार्यालयको उदघाटन गरेका हुन् ।

कार्यालय उदघाटनमा गर्दै उनले भूकम्पछिको पुनर्निर्माणको गतिलाई तीव्रता दिइने बताए । लमजुङका भुकम्पपीडितलाई मनसुन अघि नै टहराबाट मुक्ति दिने दाबीसमेत उनले गरे ।

‘लमजुङका भुकम्पपीडितले मनसुनअघि नै स्थायी घर पाउनेछन्’, उनले भने, ‘मंसिरभित्र सबै वडा, गाउँपालिका र नगरपालिकामा आवश्यक इन्जिनियर उपलब्ध गराउने छु ।’

भुकम्प गएको ३२ महिनासम्म पुनर्निर्माणका लागि सरकारको बाटो कुरेर बसेका पूर्वी लमजुङका जनता अहिलेसम्म टहरोमै बस्दै आइरहेका छन् ।

लमजुङमा थोरै भूकम्पपीडितले पुननिर्माणका लागि दोस्रो किस्ता पाए पनि केहीले भने अझै पहिलो किस्ता पाएका छैनन । जिल्लाका १३ हजार ९ सय ५९ घरधुरी लाभग्राही सूचीमा परेका छन् । जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शिव रेग्मीका अनुसार १३ हजार ८४ नीजि घर निर्माणको सम्झौता भएको छ । यी मध्ये १२ हजार ५ सय ६१ घरधुरीले ५० हजार रुपैयाँका दरले पहिलो किस्ता बुझिसकेका छन् भने ७५ घरधुरीले दोस्रो किस्ता प्राप्त गरेका छन् ।

तर राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्राविधिक नखटाउँदा पहिलो किस्ता बुझेर घर बनाउन थालेकाहरु समस्यामा परेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?