१६ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्ज भन्दाबित्तिकै धेरैको मनमा आउँछ हात्ती, गैंडा हेर्ने ठाउँ हो । त्यतिमात्रै होइन चितवन राष्ट्रिय निकुञ्जमा राम्रा-राम्रा चरा पनि हेर्न पाइन्छ ।
चितवन चौपाया जंगली जनावरको मात्रै होइन, दोपाया चराहरुको पनि क्रीडास्थल हो । पर्यटकीय नगरी चितवन आजभोलि चराहरुको हब बन्दै गएको छ ।
चितवनमा नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पाइन्छ । यससँगै खर मयुर, मयुर, धनेष, चखेवा लगायतका चराहरु पनि यहाँ अवलोकन गर्न पाइन्छ । बेला बेलामा चितवनमा चरा महोत्सव पनि हुँदै आएको छ ।
चितवनमा दुई किसिमका चराहरुको अभिलेख राख्ने गरिन्छ- एक जिल्लागत रुपमा र दोस्रो राष्ट्रिय निकुञ्जका रुपमा । चितवन निवासी चराविद टीका गिरीका अनुसार चितवन जिल्लाभर ६३५ प्रजातिका र राष्ट्रिय निकुञ्जभित्र करिब ६ सय प्रजातिका चरा गणना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4