+
+

महिला मुक्केबाजलाई गाई पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १६ गते १३:०८

कुनैपनि खेलकुद प्रतियोगितामा विजेतालाई पदक सहित नगद धनराशी, गाडी, लगायतका पुरस्कार दिने गरेको त देखिएकै थियो । तर भारतमा चाहीँ अब महिला बक्सिङ खेलाडिलाई गाई पुरस्कार दिइने भएको छ ।

भारतको हरियाणा राज्यका पशुपालन मन्त्री ओम प्रकाश धनखडले नोभेम्बर २९ मा यस्तो घोषणा गरेका हुन् ।

उक्त दिन उनी हरियाणा राज्यमा बक्सिङ प्रतियोगिताका विजेता खेलाडिहरुलाई सम्मान गर्न रोहतक पुगेका थिए । सोही अवसरमा मन्त्रीले विजेता महिला खेलाडिहरुलाई पुरस्कारमा गाई प्रदान गरिने घोषणा गरे । मन्त्री धनखड हरियाणा बक्सिङ संघका अध्यक्ष पनि हुन् ।

आखिर महिला बक्सिङ खेलाडिलाई पुरस्कारको रुपमा गाई दिनुको अर्थ के त ? त्यस अवसरमा मन्त्रीले गाईको दुधको फाइदाका बारेमा बताउँदै गाईको दुध मुक्केबाजका लागि निकै फाइदाजनक हुने बताए । गाईको दुधमा भैँसीको दुधभन्दा कम बोसो हुने, भैँसी सधै सुतिरहने तर गाई निकै फुर्तिलो हुने उनको दाबी थियो ।

आफ्ना राज्यका मुक्केबाज महिलाहरुले अन्तराष्ट्रिय प्रतियोगिता जित्नेगरी आफुलाई ससक्त बनाउन सकून् भनेर गाई पुरस्कार दिने घेाषणा गरिएको उनको भनाई छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?