१८ मंसिर, कावासोती । नवलपुरको देवचुलीमा कांग्रेस उम्मेदवार शशांक कोइरालाको प्रचारमा प्रयोग गरिएको एउटा कारमा अज्ञात समूहले आगजनी गरेको छ ।
नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार कोइरालाको प्रचारमा प्रयोग गरिएको स्थानीय लालकुमार श्रेष्ठको कारमा गएराति आगजनी भएको हो ।
घरमा पार्किङ गरिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
नवलपुर १ का कांग्रेस महामन्त्रीसमेत रहेका शशांक कोइरालासाग वाम गठबन्धनबाट माओवादीका भविश्वर पराजुली प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4