+
+

आक्रोशित बिद्यार्थीद्वारा पूर्वाञ्चल विश्वबिद्यालय तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २८ गते १३:१७

२८ मंसिर, विराटनगर । परीक्षा रद्ध गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आक्रोशित विद्यार्थीले मोरङ गोठगाँउमा रहेका पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् ।

आन्दोलित विद्यार्थीको समूहले विहीवार विहान पूर्वाञ्चल विश्वबिद्यालय अन्तर्गत जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् ।

आन्दोलित विद्यार्थीहरुले कार्यालयको झयालको शिशा तोडफोड गर्नका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाई दिएका छन ।

पूर्वाञ्चल विश्वविद्यालयले हिजो बुधबार लिएको एग्रो मेट्रोलोजी एण्ड क्लाइर चेज विषयको परीक्षाको प्रश्न पत्र आउट भएको भन्दै पुनः परीक्षाको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।

४७ विद्यार्थी अध्ययनरत रहेको यस संकाय अन्तर्गत बुधबारको परीक्षा रद्ध गरी पुनः परीक्षा नगराएसम्म आफनो आन्दोलन नरोकिने बिद्यार्थीको अडान छ ।

जीएसटीका सभापति अनुप चपाईले हिजो भएको परीक्षा पुनः भएसम्म आफूहरुको आन्दोलन नरोकिने वताए ।

उनले परीक्षा पुनः गराउने विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, डिन लगायतसँग वार्ता नभएसम्म आन्दोलन नरोकिने जानकारी दिए ।

यता क्याम्पस प्रमुख अनयकुमार शाहले विधार्थीको आन्दोलनका वारेमा आफूले बुधबारै उपकुलपति र डिनलाई जानकारी गराइसकेको वताए ।

उनले परीक्षामा प्रश्नपत्र आउट भएको भन्ने विषयमा सत्याताको विषयमा आन्तरीक रुपमा विश्वबिद्यालयले अनुसन्धानसमेत थालेको क्याम्पस प्रमुख शाहको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?