+
+

गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ, कतै दम्भ देखाउनु छैनः ओली

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ८ गते २०:०१


८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ नदेखाएको बताएका छन् ।

कांग्रेस नेताहरुले आफूमाथि अहंकार देखाएको आरोप लगाएको तर्फ संकेत गर्दै ओलीले भने, ‘गाईभैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र ख्वाइस छैन ।’

सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा भने, ‘कतै दम्भ देखाउनु छैन । न दम्भ देखाउने न कुलघरानाको हुँ । हलीको छोरा हुँ, आफैं गोठालो हुँ ।’

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताए । ‘मेरो परिभाषामा राजनीतिमा बेइमानीको ठाउँ छैन’ उनले अघि भने ।

अोलीले नेपाल स्थिरता र स्थायित्वमा प्रवेश गर्‍यो भनेर पनि दाबी नगर्ने बताए । उनले भने, ‘त्यस एरातर्फ प्रवेश गर्‍यो । अलमल गर्ने होइन, हामी गम्भीर हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?