+
+

क्यान्सर पीडित खड्कालाई झापाली समाज युएईको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ९ गते १२:१५

२४ डिसेम्बर, युएई । झापाली समाज युएईले क्यान्सर रोगबाट पीडित भएका नरबहादुर खड्कालाई आर्थिक सहयोग गरेको छ ।

समाजले खड्काको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो । क्यान्सर रोगबाट पीडित खड्का समाजका आजीवन सदस्य रीता खड्काका बुवा समेत हुन् । उनी झापाको गौरादहको चप्रामारी निवासी हुन् ।

खड्काको उपचारमा सहयोग पुगोस् भनी आथिृक सहयोग गरिएको अभियानका संयोजक दिनेश नेपालले जानकारी दिए ।

समाजको नेपाल सम्पर्क समितिका संयोजक माइनसप्लस संग्रौलाको नेतृत्वमा रकम हस्तान्तरण गर्न गएको उक्त समूहमा युएईबाट केन्द्रीय सदस्य मित्रलाल पोखरेल, सल्लाहकार भरत शिवाकोटी लगायतका करिब २३ जनाको उपस्थिति थियो ।

सामान्य कृषिकर्म गरी जिविकोपार्जन गर्दै आएका खड्का परिवारलाई परेको विपत्तिमा सहयोग गर्ने निर्णय अनुसार समाजमा आबद्ध सदस्यहरुबाट आन्तरिक रुपमा आर्थिक संकलन गरी उक्त सहयोग जुटाइएको समाजका सचिव जगत लुईटेलले बताएका छन् ।

समाजको केन्द्रीय समिति र सम्पूर्ण क्षेत्रका अध्यक्षहरुसँग समन्वय गरी आर्थिक संकलनलाई तीब्रताका साथ सम्पन्न गरिएको सहयोग संकलन समितिमा रहेका रास अल खेमा क्षेत्रीय अध्यक्ष खगेन्द्र बुढाथोकीले बताए ।

साथै झापाली समाजको विभिन्न क्षेत्रहरु अबुधाबी, दुबई, रास अलखेमा, फुजेरा, सारजहा र अलएनमा रहकेा मनकारी दाताहरुबाट सहयोग संकलन गरिएको संयोजक नेपालले जानकारी दिएका छन् ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा गौरागद नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष छत्रपति सुवेदी, स्थानीय समाजसेवी शिव उप्रेती लगायत स्थानीय बासिन्दा, बुद्धिजीवी तथा सर्वसाधारणहरुको समेत उपस्तिथि रहेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रमा बोल्दै बडाध्यक्ष सुवेदीले झापाली समाज युएईलाई धन्यवाद दिँदै प्रवासी नेपालीहरुले अब देशको आर्थिक विकासमा टेवा पुग्ने कामहरुमा लगानी गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य सम्पर्क समितिका उपाध्यक्ष प्रेम सेडाईले गरेका थिए भने पीडितका परिवारका तर्फबाट रीता खड्काले समाजको सहगोगले केही राहत मिलेकोमा खुसी व्यक्त गर्दै झापाली समाज युएईलाई धन्यवाद प्रकट गर्दै सम्पूर्ण सहयोगी दाताहरुप्रति आभार प्रकट गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?