+
+

नयाँ बर्षमा अनमोलले भन्नेछन्-‘यति यति पानी गंगै रानी’

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १२ गते २३:३०


गायक अल्मोडा राना उप्रेती र मिस्टर आरेजको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीतमा तयार भएको गीत, ‘यति यति पानी गंगै रानी’को भिडियो डिसेम्बर ३१ मा रिलिज हुँदैछ ।

यो गीत प्रतिक्षामा हुनुको कारण हो, नायक अनमोल केसीको डान्स । चलचित्र ‘कृ’मा समावेश यो गीतलाई रिलिज गर्नु पूर्व यसको निर्माणपक्षले अनमोलको मस्ती मुडका तस्बिरहरु सार्वजनिक गरेको छ ।

चलचित्रको ट्रेलरले युटुबमा धमाका मच्चाएपछि यसको निर्माणपक्ष उत्साहित छ । चलचित्रको ट्रेलरमा ७ हजार भन्दा बढी कमेन्ट आएको छ । अधिकांश प्रतिक्रिया सकारात्मक छन् । अनमोल केसीको नयाँ लुक्स, नायिका अदिती वुढाथोकीको अभिनय र नायक अनुप विक्रम शाहीको शैलीलाई दर्शकले रुचाएका छन् ।

चलचित्रको ‘यति यति पानी’मा अनमोल क्लबमा नृत्य गरेका छन् । कोरियोग्राफर रेनशा वान्तवा राइले अनमोलको नृत्यले दर्शकलाई सरप्राइज दिने बताइन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया, रुपा राना लगायतको मुख्य भूमिका छ ।

सुवास गिरी र भूवन केसी चलचित्रका निर्माता हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो ।
कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह-निर्माता श्री पराजुली हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?