+
+

धनगढीको जिल्ला शिक्षा कार्यालय नजिकै शंकास्पद वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १३ गते ८:५१


१३ पुस, कैलाली । जिल्ला शिक्षा कार्यालय कैलाली नजिकै शंकास्पद वस्तु फेला परेको छ । सदरमुकाम धनगढीस्थित जिल्ला शिक्षा कार्यालय नजिकैको एक पसल अगाडि बिहीबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।

टिफिन बट्टामा प्लास्टिकले बेरेको र तार बाहिर झुण्डिएको देखिएको छ । त्यससँगै कालो प्लास्टिकको अर्को झोला पनि छ । त्यसैले सो वस्तु बम हुनसक्ने आशंका गरिएको छ । प्रहरी सो स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

बम भएको आशंकामा स्थानीयबासी त्रसित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?