१३ पुस, कैलाली । जिल्ला शिक्षा कार्यालय कैलाली नजिकै शंकास्पद वस्तु फेला परेको छ । सदरमुकाम धनगढीस्थित जिल्ला शिक्षा कार्यालय नजिकैको एक पसल अगाडि बिहीबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।
टिफिन बट्टामा प्लास्टिकले बेरेको र तार बाहिर झुण्डिएको देखिएको छ । त्यससँगै कालो प्लास्टिकको अर्को झोला पनि छ । त्यसैले सो वस्तु बम हुनसक्ने आशंका गरिएको छ । प्रहरी सो स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
बम भएको आशंकामा स्थानीयबासी त्रसित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4