+
+

सिरहाका उत्तरी क्षेत्रका हात्ती आतङ्क

यमुना खनाल यमुना खनाल
२०७४ पुष १३ गते १६:०७

१३ पुस लहान । सिरहाको उत्तरी क्षेत्रका नागरिकहरु जंगली हात्तीले आतंक मच्चाएपछि त्रसित बनेका छन् ।

केही दिन अघिदेखि गाँउ पसेको जंगली हात्तीले सिरहाका बिभिन्न गाउँमा घर भत्काउने बाली नाली नष्ट गर्ने गरेपछि स्थानीयबासी रातभर जाग्राम बस्न बाध्य छन् ।

गएराती सिरहाको गोलबजार नगरपालिका-३ गोला मुक्सारमा जंगली हात्तीले स्थानीय बलराम थापाका तीनवटा घर भत्काएको छ ।

हात्तीले घर भत्काएपछि स्थानीयवासीहरु रातभर टायर गुईंठा र पराल बालेर बसेको गोला मुक्सारका स्थानीय सजित खड्गीले बताए ।

जंगली हात्ती गाउँ पसेपछि स्थानीय वासी नसुती रातभर जाग्राम बस्ने र हात्ती धपाउने गरेको खड्गीले बताए ।

यता हिजो राती सिरहाको लहान नगरपालिका-१५ ढोड्नामा पनि जंगली हात्ती बस्तीमा छिरेर आतङ्क मच्चाउँदा स्थानीय ३ जनाको घर भत्काएको थियो ।

ढोड्नाका स्थानीय शिव शंकर सदाय, देबिन सदाय र सियाराम सदायको घर जंगली हात्तीले भत्काएपछि उनीहरुको परिवार चिसो शीत लहरीमा कठाङ्ग्रिएर खुल्ला आकाश मुनी बस्न बाध्य छन् ।

जंगली हातीलाई गाउँबाट भगाउन प्रहरी र जिल्ला वनको टोलीले रातभरी गस्ती गरेपनि हात्तीले गाउँ नछाडेको स्थानीयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?