+
+

शालिनदीमा स्वस्थानी मेला (फोटो फिचर)

बिकाश श्रेष्ठ बिकाश श्रेष्ठ
२०७४ पुष १८ गते १२:३०

१८ पुस, काठमाडौं । काठमाडौंको साँखुस्थित शाली नदीमा स्वस्थानी मेला (माधव नारायण) मंगलबारबाट शुरु भएको छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष लाखौँ भक्तजन आउने स्नानका लागि आउने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।

व्रतालुहरु सोमबार बेलुकीदेखि नै साँखुमा बास बस्न आउने गर्दछन् ।

पौष शुक्ल पूणिर्मादेखि स्वस्थानी व्रत सुरु भएको छ । स्वस्थानी व्रत एक महिनासम्म अर्थात् माघ शुक्ल पूणिर्मासम्म चल्दछ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।

बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

लेखकको बारेमा
बिकाश श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?