+
+

सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

 रामहरी ओझा रामहरी ओझा
२०७४ पुष २४ गते ८:५७

२४ पुस, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि जारी आन्दोलनमा आन्दोलनकारीहरुले नयाँनयाँ तरिका अपनाउँदै आएका छन् । आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा बनाउँदै डोटीलाई राजधानी तोकेका छन् ।

स्थानीय पञ्चेश्वर मन्दिरबाट मैनबत्ती जुलुस निकाल्दै क्षेत्रीय प्रशासन कार्यालय अगाडि पुगेका आन्दोलनकारीहरुले सडकमै नक्सा बनाई राजधानी तोकेका हुन् ।

लामो समयसम्म आन्दोलन गर्दा पनि सरकारले नदेखेझै गरेकाले दिउँसै मैनबत्ती जुलुस निकाल्नु परेको आन्दोलनकारीहरुको भनाइ छ । ‘प्रदेशको नक्सा बनाई भौगोलिक दुरीमा आधारमा सबै जिल्लालाई पायक पर्ने डोटी नै हो भन्ने देखाउनका लागि हामीले नक्सामाथी पनि मैनबत्ती बालेका हौं,’ एक आन्दोलनकारीले भने ।

सरकारले आफ्नो माग नसुनेको भन्दै शुक्रबार थाल ठटाउँदै र शनिबार सिठी बजाउँदै प्रदर्शन गरेका आन्दोलनकारीहरुले आफ्नो माग पूरा नभएसम्म सडकमै रहने उदघोष गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?