५ माघ, काठमाडौं । काठमाडौंको डिल्ली बजार कारागारबाट एक जना कैदी गएराति भागेका छन् । चोरी मुद्दामा सजाय भोगिरहेका टिके डाँका भनेर चिनिने टिकाबहादुर थापा मागर कारागारबाट भागेका हुन् ।
उनी कारागारको काँडेतार काटेर भागेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख जयबहादुर चन्दले अनलाइनखबरसँग भने, ‘उनी गएराति भागेका छन् । थप अनुसन्धान भइरहेको छ ।’
प्रहरीका अनुसार कारागारभित्र कैदीको गणना गर्दा गल्ती भएको फाइदा उठाएर उनी भागेका हुन् ।
‘कैदीको गणना हुँदा गल्ती भयो । त्यसैको फाइदा उठाएर ऊ लुकेर बस्यो’, प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि मौका पाउने वित्तिकै भागेको देखिन्छ ।’
थापा काठमाडौंमा चोरी, लुटपाट र डकैटी सम्बन्धी घट्नामा पटकपटक पक्राउ पर्ने गरेका व्यक्ति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4