+
+

रिलिज डेट तोक्दै सार्दै निर्माता

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ५ गते १४:४९


चलचित्रको छायांकन अगावै प्रदर्शन मिति तोक्नु र तोकेको मितिबाट पछि हट्नु नेपाली चलचित्रका निर्माताका लागि नयाँ कुरा नै होइन । कहिले हिन्दी चलचित्रको डर त कहिले काम नसकिएको बहाना त कहिले ठूला नेपाली चलचित्रसँग भिड्नु पर्ने डर ।

यस्तै यस्तै कारणले थुप्रै चलचित्र तोकिएको मितिमा प्रदर्शन हुँदैनन् । फागूण ११ गतेबाट रिलिज हुने भनिएको चलचित्र ‘रोमियो एन्ड मुना’ अब यो मितिमा रिलिज नहुने भएको छ । निर्माताका अनुसार चलचित्र चैत्र २ गतेबाट रिलिज हुनेछ ।

विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठको रोमान्टिक प्रेमकथामा तयार भएको यो चलचित्र फागूण २ गतेबाट भने पछाडि नसर्ने निर्माता प्रसन्न गोपालीले बताए । निर्माताका अनुसार तोकेको मितिमा काम सकिने पक्का भएकाले करिब एक महिना पछाडि चलचित्रको प्रदर्शन मिति तोकिएको हो ।

भी एफएक्स र एनिमेसन सोचेजस्तो नभएकाले चलचित्रको प्रदर्शन मिति सारिएको हो । नरेशकुमार केसीको निर्देशनमा यो चलचित्र तयार भएको हो । यस्तै, निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘ह्याप्पी डेज’ पनि माघ १२ गतेबाट सरेर चैत्र १६ गते पुगेको छ । यो मितिबाट चलचित्र नसर्ने मिलन बताउँछन् । उनले यो चलचित्रको प्रदर्शन मिति बारम्बार सारिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?