+
+

मालिका केशरीको ‘सुवर्णलता’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ९ गते ८:०६

काठमाडौं । उपन्यासकार मालिका केशरीद्वारा लेखिएको उपन्यास ‘सुवर्णलता’ नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकामा सार्वजनिक गरिएको छ । उपन्यासको क्षेत्रमा कलम चलाउने केशरीको यो दोस्रो उपन्यास हो । यसअघि उनको ‘पुनरुत्थान’ नामक उपन्यास बजारमा आइसकेको छ । सुवर्णलताकोे दोस्रो संस्करण पनि सोहि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार एवं प्राज्ञ गिता केशरीले बिकट डोल्पाको साल्दाङबाट शुरु भएको दत्यकथा जस्तो लाग्ने घटनाबाट उपन्यासले नयाँ गति लिएको बताइन् ।

कथामा बर्तमान र बुद्धकालिन समय बिचमा नारीको अवस्थाको तुलनात्मक विवेचना गरिएको भन्दै उनले नारी पात्र नै मुख्यपात्र रहेर लेखिएको यो उपन्यासले पाठकलाई मनोरञ्जन मात्र दिने नभएर बुद्धले देखाएका जीवन जीउने कला पनि सिकाउने धारणा राखिन् ।

पुस्तकको वारेमा समिक्षा गर्दै नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवं बरिष्ठ साहित्यकार सरुभक्तले नारी प्रधान भएर लेखिएको यस उपन्यासले समग्र नेपाली नारीको बर्तमान अवस्थाको मात्र चित्रण गर्दैन भन्दै हजारौंहजार वर्ष पहिला नारीको सामाजिक अवस्था कस्तो थियो भन्ने बुझ्न पनि प्रभावकारी हुने धारणा राखे ।

सांगि्रला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३७५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?