+
+

शरद गौचनलाई गोली प्रहार गर्ने मुख्य सुटर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ९ गते ११:४५

९ माघ, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्ने सुटर श्याम गोम्बेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बिहान गोम्बेलाई पक्राउ गरेको हो । गौचनको गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो ।

गौचनलाई गोली प्रहार गर्ने अर्का सुटर अमरबहादुर राणा अझै फरार छन् । उनीहरु दुवै जना सेनाका भगौडा हुन् ।

यसअघि प्रहरीले गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ११ जनालाई पक्राउ गरिसकेको छ ।

यो पनि पढ्नुस् 

गौचन हत्याकाण्डः कार्यदल र सीआईबीको अनुसन्धान बाझियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?