+
+

को हो निर्मलीको बेष्ट फ्रेण्ड ?  

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १४ गते ११:२१

मानिसको जीवनपथमा अनेक साथी भेटिन्छन् र छुटीन्छन् । उनीहरुमध्ये केही यस्ता साथी हुन्छन्, जोसँग लामो समयसम्म घनिष्ठ सम्बन्ध गाँसिन्छ । घनिष्ठ मित्रताको उदाहरण दिंदा हामी पौराणिक कालका कृष्ण र सुदामा या कर्ण र दुर्योधनको मित्रताको उदाहरण दिने गर्छौं । नेपाली कला क्षेत्रमा कलाकार मह जोडीको मित्रता अनुपम छ । मित्रता प्रेमकै एक विराट आयाम हो, जहाँ पारस्परीक स्नेहसँगै सहयोग आदान-प्रदान पनि हुन्छ । र, त्यसखालको सम्बन्ध जोसँग गाँसीन्छ, आधुनिक कालमा हामी उसलाई भन्ने गर्छौं, बेष्टफ्रेण्ड ।

हाँस्य कलाकार निरु खड्का ‘निर्मली’का रुपमा परिचित छिन् । कमेडी सिरियल ‘मेरी बास्सै’वाट चर्चामा आएकी निर्मलीले धेरै कमेडी भिडियोमा अभिनय गरेकी छन् । मिजासीली र फरासिली निर्मलीका साथी नहुने त कुरै आएन । तिनमा पनि को हो त उनको बेष्ट फ्रेण्ड ? सुनौं, उनकै शब्दमाः 

म सबैसँग घुलमील हुनसक्छु । मेरो सहृदयी साथीहधेरै छन् । तैपनि मेरो बेष्ट फ्रेण्ड प्रमदा मिश्र हुन् । उनी साइकोलोजिस्ट हुन् । उनको र मेरो उमेर करिव समान छ ।

प्रमदा र मेरो भेट मदन भण्डारी मेमोरियल कलेज पढ्ने क्रममा भएको थियो । हामी दुबैले मेजर इङ्लीस पढेका थियौं । म रेगुलर कलेज जान भ्याउन्नथेँ । म उनकै नोटहरु सार्थे । त्यही क्रममा उनको र मेरो दोस्ती भयो । जुन दोस्ती अहिलेसम्म कायम छ ।

प्रमदाको स्वभाव सामान्य छ । मलाई मनपर्ने खालको । जिन्दगीमा केही उद्देश्य प्राप्त गर्नुपर्छ भन्नेमा उनको र मेरो धारणा समान छ । हाम्रो कहिल्यै कुनै कुरामा झगडा परेको छैन । मलाई लाग्छ हामी कहिल्यै झगडा गर्दैनौ । जीवन जीउने क्रममा आइपर्ने हरेक कुरा शेयर गछौं । चटपटे खाँदा अमिलो कम भएकोदेखि बच्चा रोएकोसम्म कुरा शेयर हुन्छ । हामी अरु पनि धेरै कुरा शेयर गर्छौं ।

प्रमदा अहिले युएइमा छिन् । काठमाडौं भएको वेला हरेक दिन भेट हुन्थ्यो । कम्तिमा सातामा एकदिन त भेटघाट भइ नै हाल्थ्यो । हरेक चाड पर्वमा म उनको घर जाने गर्छु । उनकी ममी त मलाई आफ्नै छोरी सरह माया गर्नुहुन्छ ।

हाम्रो सम्बन्धको इष्र्या गर्नेहरु होलान्जस्तो लाग्दैन । हामीले अहिलेसम्म कसैलाई चिढयाएका छैनौं । हाम्रो धेरै कुरा मिल्छ । विवाहपछि पनि हाम्रो सम्बन्धमा कुनै फरकपना आउँछजस्तो मलाई लाग्दैन ।

मेरो श्रीमानलाई प्रमदा भिनाजु भन्छिन् । प्रमदाका प्रेमीलाई पनि म चिन्छु । भर्खरै विवाह भयो । बिहे दुबईमै गरेकाले भेट भने हुन पाएको  छैन ।

हामी दुई साथीले आजसम्म पैसाको कारोबार गरेका छैनौं । तर, लामो यात्रा धेरै पटक गरेका छौं । साथी साथी यात्रा गर्दा निकै रमाइलो हुन्छ । पहिला पहिला नेपालमा हुँदा हामी फेसबुक या फोन जुनसुकै माध्यमबाट कुराकानी गथ्र्यौं । उनी दुबइ गएपछि फेसबुकमै कुराकानी हुन्छ ।

हामी एक अर्कालाई ‘तिमी’ भनेर बोलाउँछौं । अवसरहरमा उपहार पनि दिने गरेका छौं । एकपटक हामी दुई जना मिलेर बद्मासी पनि गरेका छौं । म सम्झन्छु प्लस टु पढ्दाको त्यो प्रसँग, जब हामीले न्यूरोडको एउटा रेष्टुरेन्टमा हुक्का तानेका थियौं । त्यही नै हो, हामी मिलेर गरेको सवभन्दा ठूलो बद्मासी । तैपनि हामी खराब मान्छे होइनौं, सकेसम्म राम्रै गर्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?