+
+

बुटवलमा ‘प्रोजेक्ट वान’को भव्य कन्सर्ट

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १६ गते १३:१२


नेपालका चर्चित रक ब्याण्डहका सदस्यहरुले मिलेर स्थापना गरेको ‘प्रोजेक्ट वान’ नामक ब्याण्डले बुटवलमा भव्य कन्सर्ट सम्पन्न गरेको छ । ‘फेरि उठ्नेछ नेपाल’ नाम दिएर आयोजना गरिएको कन्सर्टमा पाँच हजार बढी दर्शकले साथ दिएका थिए । बुटवल मण्डपमा उपस्थित दर्शकले ब्याण्डका गायक तथा गायिकाबाट मनोरञ्जन लिएका थिए ।

बुटवलकै नेपाल इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले आयोजना गरेको कन्सर्टको सुरुवातमा गायक रविन तामाङले आफ्नो व्याण्ड ‘रबिन एण्ड दी न्यू रिभोल्युसन’ लिएर उपस्थित भए । उनले आफ्नो व्याण्डको हिट नम्बर ‘नेपाल’, ‘भूलमा भुलियो’ र ‘केटा केटी’लगायतका गीतले मनोरञ्जन दिए ।

यसपछि क्रमशः अनुप्रस्था व्याण्डका गायक निरन शाही ‘हृवाट टु डु काठमाडू ?’गीत लिएर आए । उनलाई यो गीतमा दी स्याडोज नेपालका स्वप्निल शर्मा, मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य र रविन एण्ड दी न्यू रिभोल्युसनका रविन तामाङले साथ दिएका थिए । व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ताजस्ता चर्चित व्याण्ड आबद्ध छन् ।

कन्सर्टमा अनुप्रस्थाले ‘दिन’ र ‘हृवाट टु डु काठमाण्डू ?’, दी स्याडोज नेपालले ‘प्रकृति’ र ‘हिँड्ने मान्छे लड्छ’, अभया एण्ड दी स्टिम इन्जिन्सले ‘तिम्रो लागि’ र ‘सक्दिन’, मुक्ति एण्ड रिभाइभलले ‘चौबन्दी चोलो’ र ‘कान्छी नानी ब्लुज’ तथा प्रोजेक्ट वानले ‘जीत’, ‘बर्न’, ‘हामी एक हौं’, ‘नेपाल’ र ‘फेरी उठ्नेछ नेपाल’ गीत प्रस्तुत गरेको थियो ।

व्याण्डले माघ २७ गते ललितपुरको जावलाखेलमा कन्सर्ट गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?