+
+

बाग्मती सफाई अभियानमा जुट्यो टेलिकम

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २० गते १५:०९

नेपाल टेलिकमले आफ्नो १४ औं वाषिर्कोत्सवको उपलक्ष्यमा बाग्मती सफाई अभियानमा सहभागी भएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सफाई अभियानमा सरीक भएको टेलिकमले उक्त उपलक्ष्यमा सफाई अभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गराएको जनाएको छ ।

बाग्मती सफाईको २४७ औँ साताको अभियानमा सहभागी भएर टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बागमती सफाइ कार्यमा प्रयोग हुने विभिन्न सामग्रीहरु हस्तान्तरण गरिन् । उनले अभियानमा नियमित संलग्न हुने अभियन्ताहरूका लागि एक सय जोर ट्रयाक सुट, ३ सय जोर गमबुट, तीन सय जोर ठूलो पञ्जा, ५० वटा फलामे सुइरो, ५० वटा थुन्से र पाँच सय वटा भन्दा बढी मास्क हस्तान्तरण गरिन् ।

प्रबन्ध निर्देशक राजभण्डारीले बाग्मतीका साथै नेपालका सम्पूर्ण नदीहरू सफा गर्नुपर्ने आवश्यकतामा जोड दिदै यस्ता कार्यमा कम्पनीले सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । फोहोरको स्रोत नै बन्द गर्नु उचित हुने उनको भनाई थियो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष बस्नेतले नेपाल टेलिकमले विगतदेखि नै बाग्मती सफाइमा पुर्‍याउदै आएको योगदानको प्रशंसा गरे ।

टेलिकमले बाग्ामती सफाइ अभियानको दोस्रो सातादेखि नै हरेक साता समूहगत रुपमा आप\mना ग्राहकहरूलाई सफाइ अभियानमा संलग्न हुन एसएमएसमार्फत् आहृवान गर्दै आएको छ ।

शनिवार टेलिकमका कर्मचारीहरूले बागमती कोरिडोर हुँदै शंखमुलदेखि बाग्मतीसम्म सरसफाइ गरेका थिए । सफाइ अभियानमा नेपाल टेलिकमका उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

टेलिकमले सोमवार आफ्नो १४औं वाषिर्कोत्सव मनाउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?