२५ माघ, काठमाडौं । नयाँ सरकार गठन र पार्टी एकताबारे एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बिहीबार अपरान्ह ‘वान टु वान’ छलफल भएको छ ।
छलफलमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको थियो प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
‘पार्टी एकता र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने बिषयमा उहाँहरूबीच कुराकानी भएको थियो’ प्रचण्डको सचिवालयले भनेको छ ।
दुई नेताले शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक गर्ने निर्णय गरेका छन् ।
राष्ट्रियसभाको चुनाव पनि सकिइसकेकाले सरकार गठनका लागि छिटो प्रक्रिया अघि बढाउन एमाले अध्यक्ष केपी ओली प्रेसरमा छन् । माओवादीले चाहिँ सरकार गठनसँगै पार्टी एकताको सुनिश्चितता हुनुपर्ने र सँगै त्यसको फ्रेमवर्क बनाइनुपर्ने अडान राखिरहेको छ ।
साथै एमाले अध्यक्ष केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आफैंले राख्ने चाहना गरेपछि माओवादीसँग सहमति हुन सकिरहेको छैन ।
यस्तो अवस्थामा पार्टी एकताका लागि तत्काल कुरो मिलेन भने माओवादीले सरकार बाहिरै रहेर ओलीलाई समर्थन गर्ने बताएका छन् ।
प्रतिक्रिया 4