+
+

गोपाल पराजुलीको नियुक्ति नै बदर गर्न डा. केसीको माग

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २७ गते १६:५३

२७ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नियुक्ति नै बदर गर्न माग गरेका छन् ।

सर्वोच्चले पराजुलीको नागरिकता र शैक्षिकप्रमाणपत्रका प्रतिलिपिहरु उपलब्ध गराएपछि  डा. केसीले शनिबार पत्रकार सम्मेलन गरेर पराजुलीको नियुक्ति बदरसहित पाँचबुँदे माग अघि सारेका छन् ।

सर्वोच्चले दिएको कागजात र विभिन्न सञ्चार माध्यामहरुमा आएको तथ्यका आधारमा पराजुलीका चार अलगअलग जन्ममिति भेटिएको तथा प्रवेशिका वा सो सरहको परीक्षा पास गरेको चारित्रिक प्रमाणपत्र नै पेश नगरी अध्ययन गरेको तथा न्यायाधीश नियुक्त भएको देखिएको डा. केसीले बताए ।

धेरै ठाउँमा प्रवेशिका परीक्षा फेल भएको चितवनको ट्रान्सकिप्ट नै पेश गरेको भन्दै डा. केसीले वीरगञ्जबाट प्रवेशिका परीक्षा पास गरेको भनिएको शैक्षिक प्रमाणपत्रमाथि  शंका व्यक्त गरेका छन् ।

तनहुँबाट नागरिकता लिएका पराजुलीले क्षेत्रधिकार नै नभएको काठमाडौं जिल्ला प्रशासनबाट प्रतिलिपि लिने क्रममा जन्ममिति सच्याउनु गैरकानुनी भएकोे उनले बताए । डा. केसीले भने, ‘ चार फरक जन्ममिति उल्लेख गरी अनुचित फाइदा लिएको हुँदा नैतिक चरित्र प्रधानन्यायाधीश पदका लागि उपयुक्त छैन ।’

पराजुलीले अहिले पनि अनुचित चलखेल गरिरहेको भन्दै उनले भने, ‘पराजुलीले दुषित रुपमा प्राप्त गरेका नागरिकता, शैक्षिक प्रमाणपत्र र तीनका आधारमा भएका नियुक्त बदर गरी कानुनी कारबाही गरियोस् ।’

पराजुलीले नै आफूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न रोकेको भन्दै उनले तत्काल दर्ता गर्न माग गरेका छन् ।

साथै पराजुलीले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई दिएको भनिएको ज्यानमार्ने धम्कीबारे अनुसन्धानको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?