+
+

पश्चिम दाङमा दुई करोडको कृषि फार्म

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २ गते १०:२९

 


२ फागुन, दाङ । पश्चिम दाङमा रु दुई करोड भन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ ।

मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो ।

विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका नमकिन उत्पादन गर्न शुरु गरेको फार्मले मंगलबारदेखि औपचारिकरुपमा आफ्ना उत्पादनलाई बजारमा ल्याउन शुरु गरेको छ ।

तुलसीपुरको उत्पादनलाई देशभरका बजारमा लैजानका लागि आफूहरुले फार्म सञ्चालन गरेको सञ्चालक भागवत कमलापुरीले जानकारी दिए । स्थानीय कृषकको उत्पादनलाई आफ्नो फार्ममा खपत गरेर उपभोक्ताको घरसम्म लैजान आफूहरुले भूमिका खेल्नेसमेत उनले बर्ता।

फार्मको साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना (रिजम)का निर्देशक गोकर्णराज अर्यालले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । अवसरमा अर्यालले यस्ता उद्योगले स्थानीय कृषकको आयस्तर वृद्धि गर्न टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?