+
+

हृयात्लुङ झरनाको फेदीमा स्विमिङ पुल बनाइने

बाह्रै महिना पानी झारिने

विराट अनुपम  विराट अनुपम
२०७४ फागुन ११ गते १२:४०

११ फागुन, इटहरी । तेेह्रथुमको हृयात्लुङ झरनाको फेदीमा स्विमिङ पुल बन्ने भएको छ । फेदाप गाँउपालिका-४ र ५ को सिमानामा रहेको झरनाको पूर्वाधार विकास गर्न फेदीमा स्विमिङ पुल निर्माण गर्न लागिएको हो ।

साथै हिउँदको समयमा छिपछिपे पानी मात्रै झर्ने हृयात्लुङमा बाह्रै महिना पानी झार्न समेत स्थानीय सक्रिय भएका छन् ।

३६५ मिटर अग्लो हृयात्लुङ झरनामा माघदेखि बैशाखसम्म पानीको मात्रा कम हुने भएकाले बाह्रै महिना पानी झार्ने परियोजना सुरु भइसकेको स्थानीय जनप्रतिनिधि इश्वर खत्रीले बताए ।

हृयात्लुङ झरना एकता समाजका सचिव र झरनाछुने वडा नम्बर ४ का वडा सदस्य समेत रहेका खत्रीले स्थानीय तह र झापाको काँकडभित्ता कार्यालयले संयुक्त रुपमा ३० लाख छुट्याएको जानकारी दिए ।

स्नीथानीय गौथली र कमेरे खोलाको पानी झरनाको मुलमा पुर्‍याएर झरनामा बाह्रै महिना झार्ने योजना रहेको खत्रीको भनाइ छ ।

‘झरनाको पानी मज्जाले झर्दा पात छोएर आउँने बाछिटा र पानीको संगीत सुन्दर हुन्छ तर हिउँदको समयमा त्यसो नहुनसक्छ । यही जोगाउन बाह्रैमास बग्ने खोलाको पानी झरनाको मुहानमा लगेर झरनाको सुन्दरता र आकर्षण बाह्रै महिना जोगाउने स्थानीय सरकारको योजना रहेको छ ।’ उनले भने ।

गाविस भएको अवस्थामा सरसफाइ र बाटो मर्मतका कामहरु मात्रै भएको हृयात्लुङ क्षेत्रमा स्थानीय तह बनेपछि भने केही थप परियोजनाहरु बन्न लागेका छन ।

जसअनुसार हृयात्लुङ क्षेत्रलाइ पूर्वी पाहाडको पिकनिक गन्तव्य बनाउने र होमस्टे सञ्चालन गर्ने छलफल पनि सुरु भएको छ ।

तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारबाट साढे दुई घण्टा र पाँचथरको सदरमुकाम फिदिमबाट ५ घण्टामा हृयात्लुङ पुग्न सकिन्छ । मध्यपहाडी राजमार्गबाट ८ किलोमिटरको दुरीमा हृयात्लुङ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?