+
+

विद्यार्थीले गरे आत्महत्या, कलेजले यातना दिएको भन्दै आन्दोलन

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ फागुन १३ गते १२:२७


१३ फागुन, बुटवल । रुपन्देहीको सालझण्डीका एक विद्यार्थीले आत्महत्या गरेका छन् । अक्सर्फोड कलेजको ब्यवस्थापन संकाय कक्षा १२ मा अध्ययनरत बिक्रम सापकोटा शुक्रबार दिउँसो आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

तर, शिक्षकले अनावश्यक लान्छना लगाउँदा विक्रमले आत्महत्या गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

विद्यालय प्रशासनका अनुसार विहानी फिफ्टमा अध्ययनरत विक्रम शुक्रबार कलेजमा ढिलो आएका थिए । उनी र अर्का एक विद्यार्थी झण्डै ४० मिनेट ढिलो आएका हुन् ।

विद्यालय प्रशासनले सोधपुछ गरी अभिभावकको जिम्मा लगाएको र विक्रम विहान ११ः४५ बजे स्कुल बसमै घर फर्किएका थिए । तर, दिउँसो घरमै आत्महत्या गरे ।

परिवारले प्रहरीको रोहवरमा प्रक्रिया पुरा गरी अन्तिम संस्कारसमेत गरेका छन् ।

विद्यार्थी भन्छन्- कलेजले यातना दियो

विद्यार्थीहरुले भने कलेजले पटक पटक यातना दिएका कारण विक्रमले आत्महत्या गरेको बताएका छन् । उनीहरुले संघर्ष समिति नै बनाएर आन्दोलन थालेका छन् ।

विद्यार्थीहरुका अनुसार शुक्रबार ढिला आएका कारण कलेज प्रशासनले मदिरा सेवन गरेर आएको भन्दै विक्रमका अभिभावकलाई खबर गरेको थियो ।

‘उसले मदिरा खाएकै थिएन, रगत चेक गर्नुस् भन्दा पनि कलेजले बेवास्था गरी घरमा खबर गरिदियो, त्यही टर्चरले उसले आत्महत्या गर्‍यो,’ संघर्ष समितिका संयोजक सरोज खनालले भने, ‘सरहरुले सानोसानो कुरामा टर्चर दिनुहुन्छ ।’

विद्यार्थीहरुले स्थानीय प्रशासनले घटनाको छानबिन गर्न माग गर्दै बुटवल बजारमा प्रर्दशन गरेका छन् भने अक्सफोर्ड कलेजमा प्रहरीले सुरक्षा दिएको छ ।

कलेज प्रशासनले भने विद्यार्थीहरुको आरोप अस्वीकार गरेको छ । प्राचार्य दिनेश भुसालले मादक सेवन गरेका विद्यार्थीका अभिभावकलाई बोलाएर अभिभावकको जिम्मा लगाएको र विक्रमको परिवारलाई

पनि फोनबाट छोरा गलत संगतमा लागेको जानकारी मात्र गराएको बताए ।

मानसिक तनाव नदिइएको भुसालको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?